२०८१ बैशाख १५ , शनिवार

आजको मौशमः देशका अधिकांस भागमा पानी पर्ने, अझै दुई-तीन दिन देशैभर मौसम सफा नहुने

weather2

सुनाखरी न्युज/ काठमाडौं ।

आज देशका अधिकांस भागमा पानी  पर्ने र अझै दुईरतीन दिन देशैभर मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।

मौसमविद शान्ति कँडेलले भनिन्, ‘आगामी दुई-तीन दिनसम्म देशैभर नै मौसम सफा हुन देखिन्न ।’

 

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षासमेत भइरहेको छ ।