२०८१ बैशाख १५ , शनिवार

फेरि हरायो त्रिविबाट उत्तरपुस्तिका

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक छानबिन थालिएको छ । उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा आन्तरिक सर्कुलरसमेत जारी गरेको थियो । यसअघि स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीका अनुसार तत्कालै परीक्षा तालिका बनाएर पुनः परीक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘उत्तरपुस्तिका कतै मिसिङ भएको पाइएको छ । उत्तर पुस्तिकाहरू धेरै हुन्छन् । मिलाउने क्रममा कति कतै मिसिङ हुने गरेको देखिन्छ.’ ती अधिकारीले भने ।