२०८१ बैशाख ३० , आइतवार

सहकारीमा रवि लामिछानेको संलग्नताको तथ्य प्रमाण भेटिएन: आईजीपी कुँवर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।

साथै उनले लामिछानेको समेत नाम जोडिएको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेको जानकारी दिए । ‘सुर्यदर्शन ठगीमा ५ जना पक्राउ परेका छन् १५ जना फरार रहेका छन्’, आइजीपी कुँवरको भनाइ छ ।