२०८१ बैशाख १५ , शनिवार

सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो ।

 

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार २०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन १ लाख २५ हजार ८०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो। यता, बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ९० रुपैयाँ कायम भएको छ।