२०८१ बैशाख २० , बिहिवार

भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड–अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैविरुद्ध मुद्दा समेत दर्ता भएको छ ।

फारुकी बिग बोसको पछिल्लो सिजनका विजेता समेत हुन् । मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छाडेको बताइएको छ ।

अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४०० भारु नगद र ५०० भारु बराबरको ९ थान हुक्का बरामद गरेको थियो । चुरोट र अन्य तम्बाकु उत्पादन ऐनको धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।