२०८१ बैशाख १५ , शनिवार

सुनको भाउ बढ्दा चाँदी घट्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ।आज चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।