२०८१ बैशाख १६ , आइतवार

आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन दस गतेबाट सुरु भएको सोअफर दुइ महिना सम्म रहने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत विदेशमा रहनु भएको सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनस सम्म पाउन सक्नुहुन्छ ।

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरूअल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ ।आइएमई पे’मार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।