२०८१ बैशाख १५ , शनिवार

धितोपत्र बोर्ड नेतृत्व छनोट प्रक्रिया छिटो सक्न अर्थमन्त्रीको निर्देशन

Sebon

सुनाखरी न्युज/ काठमाडौं ।

धितोपत्र बोर्ड नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्री वर्षमान पुनले  अर्थ सचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको चालु आर्थिक वर्ष २०८०-८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् ।

 

‘लामो समयसम्म धितोपत्र बोर्ड जस्तो नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो होइन,’ मन्त्री पुनले सचिव पुष्करलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’

मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्य सम्पादन गर्न थालेकामा चिन्ता समेत जनाए ।