२०८१ बैशाख १५ , शनिवार

प्रतितोला तीन सय रूपैयाँ घट्यो सुनको मूल्य

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला १५ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।