२०८३ जेठ ९ , शनिवार

आईएचसीएलले नेपालमा भिभान्ता चितवन संचालन गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड(आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन संचालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको
छ ।भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताए ।

“देशको प्रमुखशहरी केन्द्रहरू मध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो। भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन् ।”भिभान्ताचितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको छ । यस होटलमा अतिथीहरूको सम्मानमा विशेष ध्यान पूर्वक निर्माण गरिएका ४५ रूमहरू छन् । यीप्रत्येक रूमहरू सुन्दर ढंगले सुसज्जित छन् । भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभ लाग्दो दृष्य हेर्न सकिने छ ।

साथै, पाहुनाहरूले होटलको मिन्टमा डिनर सहित विभिन्न खानाको स्वादलिन सक्नुहुनेछ भने होटलको बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाउनुहुनेछ ।त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङपुल रहेको छ जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृष्य देख्न सकिन्छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । र,बिजनेस सेन्टर समेत रहेका छन् ।

नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यवसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्रधार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्य सम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।यस अवसरमा बोल्दै सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । “भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसी एलको आतिथ्यताको अनुभवलिन सक्नुहुनेछ” चौधरीले भने ।

इन्डियन सव कन्टीनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएल बीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताजजुमेराह लेक टावर्स, भारतमा ताज सफारि र नेपालमा मेघौली सेराई संचालनमा छन् ।

सीजी हस्पिटालिटी ग्लोबलका बारेमा
दुई दशकभन्दा बढी गौरवपूर्ण इतिहास बोकेको सीजी हस्पिटालिटी ग्लोबलले टाटा समूहको आईएचसीएलसँग ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र माल्दिभ्सको ताज कोरल रिफ र कोलम्बोको ताज समुद्रमा लगानी गरेर आफ्नो आतिथ्य सत्कार व्यवसाय सुरु गरेको थियो । यो साझेदारी आज ५ देशका ११ होटलहरूमा विस्तार भइसकेको जनाए ।

सीजी हस्पिटालिटीका अन्य साझेदारहरूमा अग्रणी होटल ब्रान्डहरू जस्तै भारतमा फर्न होटल्स, श्रीलंकामा जेटविङ एण्ड सिलोन होटल्स ग्रुप, न्यूयोर्कमा ¥याडिसन, केन्यामा फेयरमन्ट होटल रहेका छन् । सीजी हस्पिटालिटीसँग वेलनेस रिट्रीट, द फार्म इनफिलिपिन्स, जिंक, फर्न र बीकन जस्ता आफ्नै होटल ब्रान्डहरू पनि रहेका छन् । आज सीजी हस्पिटालिटीको पोर्टफोलियो १२ देशका ११४ गन्तव्यमा १० हजार भन्दा बढी रुम क्षमताका साथ १७८ भन्दा बढी होटल र रिसोर्टहरू छन् ।

आईएचसी एलका बारेमा
आईएचसीएल भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी हो । प्रतिष्ठित आतिथ्य ब्रान्डहरु जस्तै ताज, भीभान्ता, सेलेक्यूसन तथा जिन्जर मार्फत आईएचसीएलले विश्वस्तरीय सेवा दिईरहेको छ । आईएचसीएलले आफ्नो पहिलो होटल दि ताजमहल प्यालेस सन् १९०३ मा मुंवइमा खोलेको थियो । हाल आईएचसी एलसँग १३ देशहरुका १०० भन्दा बढी स्थानमा ३०६ होटेलहरूको पोर्टफोलियो रहेको छ ।