२०८१ बैशाख १७ , सोमवार

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापत१ करोड २०लाख बीमा रकम भुक्तानी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत२०८०आषाढ१८ देखि फाल्गुण१४ सम्म माघा तक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नुभएका पाँच जना गरी कुल१२जना खातावालाहरूलाई प्रति व्यक्ति१०लाखको दरले जम्मा १करोड२०लाख बीमा रकम आईजी आई प्रुडेन्सियलर नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका निज ग्राहक महानुभावहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो।यस बैंकको काठमाडौं स्थित नागपोखरी शाखामा खाता खोल्नु भएकी रचना गौचन, दैलेख स्थित दैलेख शाखामा खाता खोल्नु भएका चक्र बहादुर कटुवाल, रुपन्देही स्थित राम मन्दिर बुटबल शाखामा खाता खोल्नु भएकी पार्वती श्रेष्ठ, रुपन्देही स्थित सउफर्सटिक र शाखामा खाता खोल्नु भएका पुन्य प्रसाद ढकाल र कास्की स्थित न्युरोड पोखरा शाखामा खाता खोल्नु भएका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौं स्थित कर्पोरेट अफिस शाखामा खाता खोल्नु भएकी एलिना न्यौपाने र काठमाडौं स्थित कालोपुल शाखामा खाता खोल्नु भएकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १०लाख प्रति व्यक्तिका दरले कुल ७०लाख रकम प्रदान गरिएको हो।

निजला भग्राहीहरूले आईजी आईप्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गर्नुभएको हो।त्यसैगरी सिराहा स्थित मिर्चैया शाखामा खाता खोल्नु भएका राधे श्याम र जकसाफी, ललितपुर स्थित पुल्चोक शाखामा खाता खोल्नु भएका तेज बहादुर सुवेदी, चितवन स्थित चनौली शाखामा खाता खोल्नु भएका गणेश बहादुर गुरुङ, बर्दिया स्थित मग्रा गढी शाखामा खाता खोल्नु भएकी कुमारी रिता भुसाल र बारा स्थित कलैया शाखामा खाता खोल्नु भएका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही१०लाख प्रतिव्यक्तिका दरले कुल ५०लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो।

यस बैंकको बीमा सहितको निक्षेप योजनाहरू अन्तर्गत हालसम्म ६ हजार ३ सय ६१भन्दा बढीलाई १४करोड ३८लाख भन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ।जस मध्ये घातक रोग बीमा वापत३३बढीलाई ३करोड५०लाख भन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई २करोड६०लाख बढी र मेडिकल बीमा वा पत ६हजार ३सय २ भन्दा बढीलाई ८ करोड२८ लाख१०हजारभन्दा बढी रकम प्रदान गरिएको छ।यस बैंकले निक्षे परकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा४ जनालाई ५ वर्षको लागि ४लाख सम्मको बीमा फाइदा रहेको‘सर्व श्रेष्ठ बचत योजना’सञ्चालन गरिरहेको छ।

जस अन्तर्गत आकर्षक ब्याजदर, ५वर्षसम्म ८४ लाखसम्मका ३बीमा, १८वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्व श्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र१८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन्।उक्त८४लाख बराबरको आकर्षक बीमा फाइदा अन्तर्गत ४०लाखको दुर्घटना बीमा, ४०लाखको घातक रोग बीमा ४ लाख सम्मको औषधि उपचार बीमा उपलब्ध छन्भने अस्पताल भर्ना हुने बिरामीले ३लाख२०हजारसम्मरओपीडीउपचारकोलागिरू। ८०हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्नुहुनेछ।