२०८१ बैशाख १५ , शनिवार

एक चार्जले ३ दिनसम्म चल्नेHONOR X7b चाडै नेपाली बजारमा आउदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ग्लोबल टेक्नोलोजी ब्रान्ड HONOR को आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा.लि.ले आफ्नो नयाँ बजेट स्मार्टफोन HONOR X7b को आगामी प्रवेशको घोषणा गरेको छ।लामो समयसम्म चल्ने ६,०००एमएएच ब्याट्री, १०८एमपी मेन क्यामेरार २५६ जीबी स्टोरेज सहितको

HONOR X7b आगामी हप्तामा नेपाली बजारमा प्रवेश गर्न तयार रहेको कम्पनीले जनाएको छ।लन्च मिति अझै सार्बजनिक गरिएता पनि सधैं जस्तै यो केहि आकर्षक अफर वा उपहारको साथमा लन्च हुने विश्वास गरियको छ।हामीले यो बजेट फोनबाट के आशा गर्न सक्छौं? यसको विशिष्टता, मूल्य निर्धारण, र उपलब्धता केहि यसप्रकार रहेका छ:

ब्याट्री
६,०००mAh अल्ट्रा-लार्ज ब्याट्री भएको, HONOR X7b लेDXOMARK बाट ब्याट्रीमा गोल्डले बल पाएको छ, जसले एक चार्जमा ३ दिनसम्म ब्याट्री चल्ने जनाएको छ।यसले आजसम्मका सबै HONOR X सिरिजका स्मार्टफोनहरू मध्ये उत्कृष्ट ब्याट्री जीवन प्रदान गर्दछ।एकल चार्जमा, HONOR X7bले १८ घण्टासम्मको भिडियो स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्न सक्छ।

क्यामेरा
HONOR X7bले१र१.६७- इन्च सेन्सरको साथ १०८ एमपी मुख्य क्यामेराको गर्व गर्दछ। HONOR X7bले 1.92µm मा पनको पिक्सेल साइज प्राप्त गर्न 9-in-1 पिक्सेल बिनिङलाई समर्थन गर्दछ, जसले कम प्रकाशको चुनौतीपूर्ण अवस्थामा पनि क्यामेरालाई उज्यालो र ज्वलन्त शटहरू खिच्न सक्षम पार्ने जनाए ।अगाडि भने हामी ८ एमपी सेल्फी क्यामेरा पाउन सक्छौं।

प्रदर्शन र अडियो
९१.३% स्क्रिन-टु-बडी अनुपातको साथ ६.८- इन्च HONOR फुलभ्यूडि स्प्ले फिचर गर्दै, HONOR X7b ले FHD+ रिजोल्युसन र 16.7 मिलियन रंगहरूको रंग गहिराइलाई समर्थन गर्दछ, स्पष्टता र जीवन्त रंगहरूसँग दृश्यहरू प्रदान गर्दछ।मानव केन्द्रित टेक्नोलोजीमा ब्रान्डको प्रतिबद्धता प्रदान गर्दै, HONOR X7b सर्काडियन नाइट डिस्प्ले र डायनामिक डिमिङ लगायतका सुबिधाले आँखालाइ आराम दिन्छ र हानि गर्दैन।

यसको अर्को रोचक पक्ष यसको अडियो हो।डुअल स्पिकरलाई सपोर्ट गर्दै HONOR X7b कोभोल्युम २००सम्म जान सक्ने भएकाले यो तपाईको खल्तीमा स्पिकर जस्तै हुने कम्पनीले जनाएको छ।

स्टोरेज र प्रदर्शन

HONOR X7b मा २५६जीबी बिशाल स्टोरेज रहेको छ जसमा जसले स्थानीय रूपमा६०,०००तस्विरहरू, २४,०००गीतहरू वा ९५०HD भिडियोहरू राख्न सकिन्छ। HONOR X7bमा HONOR RAM Turbo (८ जीबीं ८ + जीबी )पनि छ, जुन HONOR स्वामित्वको टेक्नोलोजी हो जसले फ्ल्यास मेमोरीको एक भागलाई RAMमा सार्न सक्छ, जसको अर्थ 8GB RAM लाई 16GB मा बढाउन सकिन्।HONOR X7b Qualcomm Snapdragon 680 ले सुसज्जित छ र Android 13 र Magic OS 7.2 मा चल्छ।

मूल्य निर्धारण र उपलब्धता
आकर्षक डिजाइन भएको, HONOR X7b तीन रंगहरूमा उपलब्ध छ: फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन र मिडनाइट ब्ल्याक।लन्चको मिति भने तय नभएपनि सेलट्रोन नेपालले मार्चको अन्तिम साता लन्च हुने संकेत दिएको छ।मूल्य निर्धारण पनि अझै खुलाइएको छैन तर लन्च पछि यो अफलाइन र अनलाइन दुबै च्यानलहरू मार्फत उपलब्ध हुनेछ।