२०८१ बैशाख १७ , सोमवार

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमहरु सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रोटेक्टयोर मनि,सेक्योरयोर फ्यूचर(Protectyour money, Secure your future)भन्ने मूल नाराका साथ गत चैत्र ५ देखी ११ सम्म संचालन भएको ग्लोबल मनिविक (Global Money Week-2024)मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर सम्पन्न गरेको छ ।

यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर,विर्तामोड, हल्दिबारी र महेन्द्र चोक ,मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्ण प्रणामी र राज विराज, बाग्मती प्रदेशको थापाथली,थली, भरतपुर, हेटौंडा रसिना मंगल,गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयातालर कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको जनाएको छ ।

यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको बैंकले जनाए । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको बताए । यसबाट बैकिङ्ग प्रणालीम जवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।