२०८१ बैशाख १७ , सोमवार

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

Global Money Week 2024अन्तर्गंत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैरशाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

“Protect your money, secure your Future”भन्ने मूल नाराका साथ पोखरा शाखाबाट गुरुङ्ग महिला समुहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरुलाई, गैर शाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तिय साक्षरता दिईएको बैंकले जनाएको छ ।

सबै शाखा क्षेत्रहरुमा रेमिटान्स मुख्य आय भएकोले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई बचतमा परिणत गरि उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्छ साथै अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।

Global Money Week 2024 को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।