२०८१ बैशाख १७ , सोमवार

१० ठूला बैंकको लेखापरीक्षण गर्ने प्रक्रिया शुरु, मागियो अन्तर्राष्ट्रिय संस्थासँग आवेदन

IMF

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको प्रक्रिया अघि बढेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गरिन लागिएको हो ।

राष्ट्र बैंकले यसको लागि अन्तर्राष्ट्रिय लेखा परीक्षकहरूबाट आवेदन माग गरेको छ। आगामी अप्रिल ७ गते १२ बजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

यस्ता लेखापरीक्षकको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंक भार दिइएको छ। कम्तीमा ७० प्रतिशत अंक भार प्राप्त गर्ने आशय पत्र मात्रै बोलकबोल प्रतिस्पर्धाको लागि योग्य हुनेछन्।

राष्ट्र बैंकले किन गराउँदैछ बैंकहरूको लेखा परीक्षण?
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा नै उनीहरूको सम्पत्ति हो। यसर्थ ठूला बैंकहरूको कर्जाको गुणस्तरको मूल्यांकन हुन लागेको हो।

मुलतः कर्जा लगानी गर्दा बैंकहरूले लिएको धितोको मूल्यांकन गर्ने, कर्जा भुक्तानीकै लागि कर्जा लिने परिपाटी भएरनभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ र कर्जा केन्द्रीकृत भएरनभएको परीक्षण हुन लागेको हो।