२०८१ बैशाख २१ , शुक्रवार

कर्णाली पुलबाट १७ जना हामफाले, एक बेपत्ता

karnali-pul

सुनाखरी न्युज/ काठमाडौँं।
कर्णाली पुलबाट एकसाथ १७ जनाले हाम फालेका छन् । हाम फाल्नेमध्ये एकजना बेपत्ता भएका छन् ।

कैलालीको चिसापानीस्थित  कर्णाली पुलबाट नदीमा हाम फालेर लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । उनले भने, ‘नदीमा डाइभ हानेर अरू उत्रिएको र एकजना बेपत्ता भएका छन्, हामी खोज्दै छौँ ।’

सो समूहले नदीमा डाइभ हान्दा एकजना साथी बेपत्ता भएको जानकारी प्रहरीलाई दिएको हो । जानकारी पाएपछि खोजीकार्य सुरु गरिएको डीएसपी चन्दले बताए ।