२०८१ बैशाख २१ , शुक्रवार

नेपाल प्रहरीका ४ असइसहित २३ प्रहरी सम्पर्कविहीन (सूचना सहित)

Nepal-Police-Logo

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक) सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयलले  सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको छ ।

 

सम्पर्कमा नरहेका कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै  सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

 

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।