२०८१ बैशाख २२ , शनिवार

प्रेमी विष्णु सापकोटासँग विवाह गर्दै गायिका एलिना चौहान

Capture

सुनाखरी न्युज/ काठमाडौं।

गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् ।गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् ।

उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ ।

यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।