२०८१ जेठ ४ , शुक्रवार

सामाजिक–सांस्कृतिक समुदायको रणनीतिक योजना विकास गर्नुपर्नेमा आसियान प्रतिनिधिहरूको जोड

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं।

लाओसमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) प्रतिनिधिहरूको बैठकले सन् २०२५ पछि आसियान सामाजिक–सांस्कृतिक समुदायको रणनीतिक योजना विकास गर्न, ‘आसियान सोसियोकल्चरल कम्युनिटी ब्लुप्रिन्ट २०२५’ को पूर्ण मूल्याङ्कन गरी यसको सफलता सुनिश्चित गर्न सहयोगात्मक प्रयासको महत्वलाई जोड दिएको छ ।

उत्तरी लाओसको लुआङ प्राबाङ प्रान्तमा बसेको ३१ औं आसियान सामाजिक–सांस्कृतिक सामुदायिक परिषद् बैठकले समुदायको सामाजिक सांस्कृतिक स्तम्भअन्तर्गत भएका प्रगतिहरूको समीक्षा गरेको छ ।अक्टोबरमा हुने ४४औँ र ४५औँ आसियान शिखर सम्मेलनमा अनुमोदनका लागि प्रस्ताव गरिएको नौवटा प्रमुख प्रस्ताव अनुमोदन गर्दै सत्रको समापन भएको हो ।

भेलालाई सम्बोधन गर्दै लाओसका संस्कृतिमन्त्री सुआनेसाभान विग्नाकेटले ‘आसियानलाई समृद्ध र सद्भावपूर्ण समुदाय निर्माण गर्ने आफ्नो सर्वोच्च लक्ष्यतर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।उहाँले सदस्य राष्ट्रहरू सामुदायिक दृष्टिकोण र सामाजिक–सांस्कृतिक समुदायको गुरु योजना अनुरूप निरन्तर विकासको लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।   रासस/सिन्ह्वा