२०८१ बैशाख २२ , शनिवार

७ वर्षपछि कपिलको शोमा सुनिल ग्रोवरको इन्ट्री

Capture

सुनाखरी न्युज/ काठमाडौं।

कपिल शर्माको नयाँ कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ नेटफिक्लसमा आउने तयारीमा छ । यो शोमा दर्शकहरूले एक पटक फेरि कपिल शर्मा र सुनिल ग्रोवरको जोडी देख्न पाइनेछ ।

७ वर्षअघि अर्थात सन् २०१८ मा कपिलसँग झगडा परेपछि सुनिलले अचानक द कपिल शर्मा शो छाडेका थिए । शोमा सुनिलले निर्वाह गरेको ‘गुत्थी’ नाम गरेको पात्रको निकै चर्चा थियो । लामो समयसम्मको पर्खाइपछि शोको ट्रेलर रिलिज गरिएको छ ।

शोमा रणवीर कपूर र उनका परिवार, दिलजित दोसाँझ, परिणीति चोपडा,आमिर खान,क्रिकेटर रोहित शर्मालाई आदिलाई पनि देख्न पाइनेछ

द ग्रेट इन्डियन कपिल शोको ट्रेलर निकै रमाइलो छ । शो मार्च ३० देखि राति ८ बजेत नेटफ्लिक्समा प्रसारण हुनेछ । नयाँ शोमा कपिल र सुनिल बाहेक किकू शारदा, कृष्णा अभिषेक र राजीव ठाकुर पनि फरक फरक रूप र अवतारमा देखिँदैछन् ।