२०८१ बैशाख २१ , शुक्रवार

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

gold1

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ।