२०८१ बैशाख १७ , सोमवार

कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।

“Protect your money, Secure your future” भन्ने नारा लिई विश्व ब्यापी रुपमामार्च १८ देखि २४ मार्च सम्म मनाउदै गरिएको Global Money Week 2024नेपालमा समेत विभिन्न संघ संस्थाहरुले देश भरि नै विभिन्न कार्यक्रमहरु गरि मनाउने क्रम जारी रहेको छ ।Global Money Week 2024 सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।Global Money Week 2024को अवसरमा कृषि विकास बैंक लि.प्रदेश कार्यालय बीरगञ्जले २०८० चैत्र ८ गते विहिबार बीरगञ्ज स्थित बीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक राम प्रसाद गजुरेलले गरेको थियो । कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा.विनय श्रेष्ठ, कृषि विकास बैंक लि. शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कृषि विकास बैंक लि. प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठले उद्घोषण गरेको उक्त कार्यक्रमको शुरुवातमा कृषि विकास बैंक लि. शाखा कार्यालय वीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटीले स्वागत मन्तव्य राख्नु हुँदैGlobal Money Week 2024को शुरुवात सन् २०१२ मा भएको र हालसम्म आइपुग्दा विश्वका १७६ भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रमहरु गरि मनाउने गरिएको उल्लेख गर्नु हुँदै कार्यक्रमको महत्वको विषयमा चर्चा गरे । कार्यक्रमको मुख्य श्रोत ब्यक्तिको रुपमा रहनु भई उप–महाप्रबन्धक डा.बाबूकाजी थापालेGlobal Money Week 2024को अवधारणा, महत्वएवं कृषि विकास बैंककले वित्तीय साक्षरता अभिबृद्धिको लागी गरि रहेको कार्यक्रमहरु साथै बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी दिए  ।

विभिन्न श्रब्य दृष्यहरुको माध्यमबाट सहभागी विद्यार्थीहरु समक्ष Global Money Week 2024को उद्देश्य प्रष्ट पार्नुका साथै कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुसंग अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यले बैंकिङ्ग सेवाहरुमा आएको आधुनिकताले बैंकिङ्ग सरल र सहजहुदै गएको उल्लेख गर्दै बैंकबाट लिएको कर्जाको पूर्ण सदुपयोग तथा वित्तीय अनुशासनको पूर्ण पालना गर्नु पर्ने धारण राख्नु भयो ।कृषि विकास बैंक लि. प्रदेश कार्यालय बीरगञ्जका निर्देशक राम प्रसाद गजुरेलले बैंकको तर्फबाट नियमित रुपमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरि रहेको र यूवाहरुमा यस्तो कार्यक्रमको प्रभावकारिता र आवश्यकता अझ बढी रहेको धारणा ब्यक्त गरे।

कार्यक्रमको अन्त्यमा बैंकको तर्फबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाले बीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गर्नु हुदै कार्यक्रम समापन भएको थियो । विश्वका १७६ भन्दा बढी देशहरुमा मनाइनेGlobal Money Week 2024को अवसरमा नेपाल विभिन्न संघ संस्थाहरुले संचालन गरि रहेको वित्तीय साक्षरता एवं वित्तीय सचेतना जगाउने कार्यक्रमहरु हुनुलाई उत्साह पूर्वक रुपमा हेर्न सकिन्छ तर, संघ संस्थाहरुले यस्तो कार्यक्रम छुट्टा–छुट्टै संचाल नगर्नु भन्दाएकजुट भई प्रभावकारी रुपमा गर्न सके यसको प्रभावकारिता अझ बृद्धि हुने देखिन्छ ।