२०८१ बैशाख १५ , शनिवार

काठमाडौंमा घर बनाउँदा २० प्रतिशत जग्गामा पार्किङ अनिवार्य

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।
आगामी १ वैशाखदेखि काठमाडौं महानगरपालिकाले  चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम बनाएको छ ।

महानगरले ‘भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहिता’ लागु गर्दै नक्सा पासमा पार्किङलगायतका नियमहरू बनाएको हो । यो मापदण्ड १ वैशाखदेखि लागु हुने छ ।

 

तर, पुरातात्विक महत्वका संरक्षित स्मारक उपक्षेत्रमा भने यो नियम लागु नहुने भवनसंहितामा उल्लेख छ ।