२०८१ बैशाख २१ , शुक्रवार

खुट्टामा यी तीन संकेत देखिए भने बुझ्नुस् बढ्यो कोलेस्ट्रोल

cholestrol

सुनाखरी न्युज / काठमाडौं।

उच्च कोलेस्ट्रोल रोग एक साइलेन्ट किलर जस्तै हो जसले मानिसलाई बिस्तारै मार्छ। कोलेस्ट्रोल शरीरमा पाइने एक प्रकारको बोसो वा मोम जस्तो पदार्थ हो जुन शरीरमा कोशिकाहरू, निश्चित हार्मोनहरू र भिटामिन डी बनाउन आवश्यक हुन्छ। शरीरमा खराब कोलेस्ट्रोल बढ्दा मुटुको रोग, नसाको रोग, हृदय घात जस्ता गम्भीर ज्यानै लिन सक्ने खालका रोग उत्पन्न हुन सक्छन् ।

 

उच्च कोलेस्ट्रोलको शुरुआती लक्षण एकदमै सामान्य हुने गर्छन् जसमा कोही व्यक्तिले खासै ध्यान दिएको हुँदैन । यही कारणले गर्दा शरीरमा कोलेस्ट्रोल बिस्तारै बढ्छ र जब यसको बारेमा थाहा हुन्छ त्यति बेलासम्म यसले शरीरमा धेरै नोक्सान पुर्या‍ईसकेको हुन्छ ।

 

समयमै यदि सावधानी अपनाइयो र ध्यान दिइयो भने उच्च कोलेस्ट्रोलका लक्षणहरुलाई सजिलै थाहा पाउन पनि सकिन्छ । खुट्टा चिसो भइरहनु उच्च कोलेस्ट्रोलको एउटा आम संकेत हो । यदि धेरै तापक्रममा पनि तपाईँका खुट्टा चिसा हुन्छन् भने यो पेरिफेरल आर्टरी डिजिजको संकेत हुन सक्छ ।

 

क्लाउडिकेशन भनेको रक्त प्रवाह घट्नुको कारण हुने दुखाइ हो, जुन उच्च कोलेस्ट्रोलको सबैभन्दा महत्त्वपूर्ण लक्षणहरू मध्ये एक हो। यो अवस्थामा खुट्टाको मांसपेशीहरूमा दुखाइ, क्र्याम्प र थकान निम्त्याउँछ। यो दुखाइ प्रायः निश्चित दुरी हिँडेपछि हुन्छ र केही समय आराम गरेपछि हट्छ।

 

त्यस्तै उच्च कोलेस्ट्रोलको अवस्थामा खुट्टाका रङ्ग तथा बनावटमा पनि परिवर्तन देखिने गर्छ । जब खुट्टाको कुनै भागमा रगतको प्रवाह कम हुन्छ त्यहाँको अङ्गको बनावट नै परिवर्तन हुन सक्छ । यस्तै खालको परिवर्तन तपाईं पनि आफ्नो शरीरमा देख्नुहुन्छ भने डाक्टरसँग एकपटक सल्लाह लिनु बुद्धिमानी हुन्छ । कोलेस्ट्रोलको जाँच गर्नका लागि धेरै ठूलो प्रक्रिया पनि हुँदैन । यो सजिलै रगतबाट जाँच गर्न सकिन्छ ।