२०८१ बैशाख १५ , शनिवार

नेपाली कलाकारहरुले यसरी मनाएँ होली

nijar khan

सुनाखरी न्युज / काठमाडौं।

आज काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। उपत्यकासहितका क्षेत्रमा होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।

 

परिवार, साथीभाइ, शुभचिन्तकसँग एकआपसमा विभिन्न रंग र लोला खेली खुशी साट्दै यो पर्व मनाउने गरिन्छ। नेपाली कलाकारले पनि हर्षोल्लासका साथ होली मनाइरहेका छन्।

 

कलाकारहरु मदनकृष्ण श्रेष्ठ, निखिल उप्रेती, सञ्चिता लुइँटेल, दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम लगायतले रङ दलेर फागुपर्व मनाएका तस्वीर सेयर गरेका छन् । गिरीले चन्द्रागिरीस्थित घरमै परिवारसँग मनाए भने दीपाले पनि परिवारसँगै सेलिब्रेट गरेकी छन् ।