२०८१ बैशाख १७ , सोमवार

लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

death

सुनाखरी न्युज / काठमाडौं

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।आइतबार विहान १० बजे स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका( ६ भेडाबारीका ५२ वर्षका हर्कबहादुर थापालाई झाँक्रीस्थान भन्ने ठाउँमा लत्रिएको तारले छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।