२०८१ बैशाख २० , बिहिवार

चुनावको मुखमा मोदीले गरे विपक्षीमाथि प्रहारः कंग्रेसको खाता रोक्का, केजरीवाल पक्राउ

modi-n-rahul-gandhi

सुनाखरी न्युज/ काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  लोकसभा निर्वाचन तालिका घोषणा भएको एक हप्ता नपुग्दै विपक्षीहरूमाथि धावा बोलेका छन्।

मोदी सरकारले बिहीबार दिउँसो  आफ्नो सबै बैंक खाता रोक्का गरेको भनेर प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसले आरोप लगायो। त्यसको केही घण्टापछि आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको आर्थिक अपराध अनुसन्धान र आर्थिक कानुन लागू गर्ने निकाय प्रवर्तन निर्देशनालय (इन्फोर्समेन्ट डाइरेक्टोरेट) ले पक्राउ गर्‍यो।

केजरीवाल संघीय चुनावको संघारमा गिरफ्तार हुने दोस्रो विपक्षी मुख्यमन्त्री हुन्। सात हप्ताअघि मात्रै झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालयले नै दबाब दिएर राजीनामा दिन लगाएको थियो। केजरीवाल नेतृत्वको राज्य सरकारले नोभेम्बर २०२० मा दिल्लीमा नयाँ नीति ल्याएर मदिरा बिक्री पूर्णरूपमा निजी क्षेत्रलाई दिँदा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ।

 

दुई महिनाअघि अयोध्यामा बाबरी मस्जिद भत्काएको भूमिमा राम मन्दिर उद्घाटन गराएका मोदीले हिन्दु बहुल भारतमा अर्को कार्यकाल पनि जित्ने लगभग निश्चित मानिन्छ। तर पनि हिन्दु अतिवादी नीतिका कारण पछिल्लो समय दक्षिणी राज्यहरूमा भाजपाले सिट जित्ने सम्भावना न्यून हुँदै गएको छ।