२०८१ बैशाख १५ , शनिवार

आजको मौसमः बागमती, कोशी, गण्डकी र मधेश प्रदेशको थोरै स्थानहरुमा चट्याङ्ग सहित पानी पर्ने

weather2

सुनाखरी न्युज/ काठमाडौं ।

आज  देशभर पनि आंशिक बदली भएको छ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भएको छ ।

 

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको छ ।