२०८१ जेठ ६ , आइतवार

वेलकम एड्भरटाईजिङ्गको “ह्याप्पी होली”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यस बर्षको फागू पूर्णिमालाई भब्य रुपमा स्वागत गर्दै शुक्रबार, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसि एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

होली नेपालमा रङहरूको पर्व हो “फागु पूर्णिमा” – पूर्णिमाको दिन धेरै हर्षोल्लासका साथ मनाइन्छ। यो समय वसन्तको प्रचुर मात्रामा रंगहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो। हिन्दूहरूका लागि नेपालमा सबै उमेर र पृष्ठभूमिका मानिसहरूले व्यापक रूपमा मनाइने चाडहरू मध्ये रंगहरूको पर्व होली, एक हो ।काठमाडौं,पर्यटकीय राजधानी भएकोले यो पर्व ले विदेशीलाई पनि धेरै आकर्षित गर्छ ।परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ ।

हालको समाज,परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुदैं आधुनिकता तर्फ धकेलिदै गईरहेको अवस्थामा वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवकोे पर्व होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाई दिदै यस्ता पर्वहरुले समाजमाटुटेको सम्बन्ध, द्वन्द्वको अन्त्य, र विगतबाट संचित भावनात्मक अशुद्धताहरूबाट छुटकारा पाउन रआपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास तथा समाजको पुर्नस्थापना र नवीकरण गर्न थप हौसल्ला मिल्ने विश्वास ब्यक्त गरे ।

सो अवसरमा वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुले एक –आपसमा रङंहरू छयापेर, गीतहरू र नृत्यहरूमा संलग्न भएर, होलीका व्यंजनहरूका साथमा “ह्याप्पी होली” शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाएका बताए । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।