२०८१ बैशाख १५ , शनिवार

Global Money Week-2024 मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरु मार्फत देशव्यापी सहभागिता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा Global Money Week- 2024को अवसरमा“आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं”भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतनाअभिवृद्घि कार्यक्रम संचालन गरेको छ ।

बैंकका पोखरा, बुटवल,इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए ।

मिति २०२४/०३/१८ देखि शुरु भएको यस साताव्यापी कार्यक्रम मिति २०२४/०३/२४ सम्म वित्तीय साक्षरता सम्वन्धि कार्यक्रममार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहने बैंकले जनाए ।