२०८१ बैशाख १५ , शनिवार

आजदेखि आईपीएल सुरु, पहिलो खेल चेन्नई र बेंगलुरुबिच

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ आजदेखि भारतमा सुरु हुँदैछ । १७ औं संस्करणको आईपीएलको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ : १५ मा सुरु हुनेछ ।

यस सिजनदेखि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्नेछैनन् । आईपीएलको सर्वाधिक सफल टोली चेन्नई धोनीको कप्तानीमा १४ संस्करणमा सहभागीता जनाउँदा पाँच पटक उपाधि जितेको थियो ।कुल १० फाइनल खेलेको चेन्नई दुई पटक मात्रै प्लेअफमा पुग्न सकेको थिएन । धोनीको यो अन्तिम आईपीएल सिजन हुँदा नेतृत्वमा युवा ओपनर ऋतुराज गायकवाडलाई तयार पार्न चाहन्छन् ।

यता बेंगलुरुको कप्तानी फाफ डु प्लेसिसले गर्नेछन् । टोलीमा स्टार खेलाडी अनुबन्ध गरे पनि उपाधि हालसम्म जितेको छैन । बेंगलुरुमा ग्लेन म्याक्सवेल, डु प्लेसिस र विराट कोहली प्रमुख ब्याटर हुन् । मोहम्मद शिराज र लोकी फर्गुसन प्रमुख बलर हुन् ।

उता चेन्नईको कप्तानी ऋतुराज गायकवाडले गर्नेछन् । युवा ओपनर गायकवाडलाई विकेट किपर धोनीले नेतृत्वमा सहयोग गर्नेछन् । न्युजिल्यान्डका दुई अलराउन्डर डर्याल मिचेल र रचिन रविन्द्रले चेन्नईको टोलीमा डेब्यू गर्ने सम्भावना छ ।