२०८३ जेठ ९ , शनिवार

निगमका कार्यकारी अध्यक्ष र एयर इन्डियाका सीईओबीच सहकार्यका लागि छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगम र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने लगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सम्बन्धमा नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु बीच पहिलो चरणको

छलफल पश्चात निगमका कार्यकारी अध्यक्ष यूबराज अधिकारीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले एयर इन्डियाका CEO तथा Managing Director Mr. Campbell Wilson सँग एयर इन्डियाको मुख्यालय नयाँ दिल्लीमा भेट गरी सौहार्दपूर्ण छलफल भएको छ ।

यसबाट दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने विश्वास गरिएको   निगमले जनाएको छ  ।