२०८१ बैशाख १६ , आइतवार

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, यस्तो छ कारण ?

arvind-kejriwal

 

सुनाखरी न्युज/ काठमाडौं ।

प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । दिल्लीको ईडीले मदिरा नीतिलाई लिएर केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’