२०८१ बैशाख १६ , आइतवार

बलात्कार अभियोगमा  ब्राजिलका पूर्व फुटबल खेलाडी रोबिन्होलाई ९ वर्ष जेल

Robinho-1024×583

सुनाखरी न्युज/ काठमाडौं ।

बलात्कार अभियोगमा  ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

 

यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे ।

इटलीको अदालतले सजायँ सुनाउनु अघि नै उनी ब्राजिल फर्किसकेका थिए । त्यसपछि इटलीले ब्राजिललाई रोबिन्होविरुद्ध एक्सन लिन भनेको थियो ।

 

स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजायँ सुनाएको हो । उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ ।