२०८१ बैशाख १७ , सोमवार

आत्मघाती विस्फोटमा अफगानिस्तानको कान्दहारमा २१ जनाको मृत्यु

Suicide-bombing-in-Kandahar-Afghanistan

सुनाखरी न्युज/ काठमाडौं ।

आत्मघाती बम विस्फोटमा परी  अफगानिस्तानको कान्दहारमा २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

 

अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विस्फोट भएको थियो ।

बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ ।