२०८१ जेठ ६ , आइतवार

किएभमा रूसी क्षेप्यास्त्रद्वारा आक्रमण, कम्तीमा १३ जना घाइते

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

युक्रेनको राजधानी किएभमा बिहीबार रूसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएको किएभ नगर सैनिक प्रशासन (केसीएमए) ले जनाएको छ ।

मध्य शेभचेन्किभ्स्की जिल्ला र पश्चिमी स्वयातोशिन्की जिल्लामा रहेका दुई अग्ला आवासीय भवनमा क्षेप्यास्त्रद्वारा आक्रमण भएपछि यसबाट भवन र वरपरका क्षेत्रमा समेत क्षति पु¥याएको छ ।आक्रमणपछि मध्य पोडिल्स्की जिल्लामा रहेको एक ट्रान्सफर्मर सबस्टेसनमा आगलागी भएको थियो ।

रूसी सेनाले बुधबार राति युक्रेनविरुद्ध इस्केन्डर–एम र किन्झाल नामक दुई ब्यालेस्टिक क्षेप्यास्त्र तथा ११ टीयू–९५ एमसी बमवर्षक विमानबाट २९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको वायु सेनाले जनाएको छ ।  रासस/एएफपी