
सुनाखरी न्युज/ काठमाडौ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन्।समितिका सभापति रामहरि खतिवडालाई भेटेर बिहीबार बचतकर्ताहरूले रकम फिर्ताका लागि पहल गरिदिन माग गरेका हुन्।उनीहरूले सहकारीले १८ हजार सात सय जना बचतकर्ताको करिब एक अर्ब ३५ करोड रुपैयाँ फिर्ता नगरेको गुनासो गरेका थिए।
रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए । पुरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालिन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भएपनि छानविन नभएको बताइएको छ ।
२०८० माघ २२ गते पुरक जाहेरीमार्फत् हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भए पनि छानबिन नभएको बताइएको छ।सरकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरेका थिए।
उनले गृहमन्त्री लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैं सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने बताए।सभापति खतिवडाले सो निवेदन उपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिने बताए।