२०८१ बैशाख १६ , आइतवार

माओवादी केन्द्रको दुई जागरण अभियान स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ । पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ ।

‘पार्टीको पूर्व निर्धारित तराई–मधेश जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको अभियानका लागि पर्याप्त तयारी नपुगेको कारण स्थगित गरिएकोसर्कुलर जारी गरेको छ। नयाँ मिति भने तोकिएको छैन ।

तराई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।