२०८३ जेठ ९ , शनिवार

Sparrow SMS इन्टरप्राईजेज मेसेजिङ प्रदायकको रुपमा१४औं वार्षिकोत्सव मनाउँदै

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

एक इन्टरप्राईजेज मेसेजिङ प्रदायकले विगत१४वर्षदेखि एसएमएस सेवा प्रदान गर्दै आएको छ।यस कम्पनीले सूचनामा सजिलो पहुँच पुर्याउन SMS मार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारी र गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आईरहेको जनाएका छन ।Sparrow SMS ले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै आईरहेको छ।

एसएमएसबाटै तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने, श्रम स्विकृतिको स्थिति सम्बन्धी सूचना एसएमएसमार्फत प्रदान गर्दे अत्यावश्यक पहुँच हुन गई छोटो समयमा नै आवश्यक सूचनाहरु प्राप्त गर्न अत्यन्तै सहज भएको छ।उक्त सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक खरिद कर्ताहरूबाट आफ्नो उत्पादनकालागि राम्रो मूल्यमा सम्झौता गर्न पनि अत्यन्तै सहयोग पुगेको थियो।

 

यसका साथै लोडसेडिङ समय तालिका तथा स्कुले बालबालिकाको दिवाखाजा निगरानी प्लेटफर्ममार्पत सामाजिक हितका लागि Sparrow SMS  ले प्रदान गर्दे आएको यस्ता परियोजनाले सामाजिक हितका लागि टेक्नोलोजीको मार्फतबाट भरपुर फाईदा पुगेको कम्पनीले जनाएका छन ।

यस१४वर्षको अन्तरालमा Sparrow SMS ले निकै महत्वपूर्ण सफलताहरु हसिल गरेको छ जस कारण सञ्चार क्षेत्रमा एकपथ प्रर्दशकको रुपमा आफ्नो स्थान कायम गर्दे आएको छ।यस कम्पनीको उत्कृष्ट उपलब्धिहरु मध्ये Viber Business रWhatsapp Messaging जस्ता प्रसिद्द अन्तराष्ट्रिय सञ्चार प्लेटफर्महरु नेपालमा भित्र्याएको छ।यस रणनीतिक सहकार्यलेSparrow SMSको विश्वव्यापी पहुँचलाई मात्र विस्तार गरको मात्रै छैन, यसले सिमारहित कनेक्टिभिटीलाई बढाउँदै विश्वभरका प्रयोगकर्ताहरुका लागि सञ्चार अनुभवलाई पनि समृद्ध बनाएको जनाए।

अन्तराष्ट्रिय साझेदारीको अतिरिक्त, यस कम्पनीले एक परिवर्तनकारी संक्रमणका लपार गरेको छ, यस कम्पनीले इन्टरप्राईजेज बिजनेस सञ्चार प्रदायकको रुपमा इन्टरप्राइज केन्द्रित सेवाले व्यवसायहरुलाई परिष्कृत सन्देश प्रवाह गर्दै ग्राहक संलग्नता र व्यापार वृद्धिलाई अत्यन्तै प्रभावकारी बनाउन सहयोग गरेको छ।

यसबाहेक, यस कम्पनीले राष्ट्रिय र विश्वव्यापी उद्ममहरुको आवश्यकताहरु अनुरुप भरपर्दो SMS प्लेटफर्म प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ।अत्याधुनिक प्रविधि र अनुपम विशेषज्ञताको साथ, यस कम्पनीले व्यवसायहरुलाई सञ्चार प्रक्रियाहरु सुव्यवस्थित गर्न, परिचालन दक्षतालाई अनुकुल गर्न प्रदान गरेको कम्पनीले जनाए।