२०८१ जेठ ४ , शुक्रवार

सांसद विनोद चौधरीसँग बाँसबारी जग्गा प्रकरणमा सीआईबीले लियो बयान

binod

सुनाखरी न्युज/ काठमाडौ ।

सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

 

काठमाडौ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ ।

उनीसँग दुई घण्टा बयान लिइएको ब्युरोका एक जना अधिकृतले बताए । चौधरी बयान पुरा गरेर निस्किएका छन् । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।