२०८१ बैशाख १५ , शनिवार

नेपालले आज बहराइनसँग विश्वकप छनोट खेल्दै

Qatar-football

सुनाखरी न्युज/ काठमाडौ+।

नेपालले बिहीबार बहराइनसँगै उसैको घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दै छ । विश्वकप छनोट खेल्न नेपाली टोली मलेसियाबाट बहराइन पुगिसकेको छ । खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ ।

विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।

यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ ।

एउटा खेल बहराइन र अर्को खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दोस्रो खेल पनि बहराइनमै खेल्ने सहमति जनाएको हो । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने छ ।