२०८१ बैशाख १५ , शनिवार

सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।
सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४(Global Money Week, 2024) को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पुँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ ।

पुँजि बजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई २०८० चैत्र ६ र ७गतेका दिन पुँजि बजारको आधारभुत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्ड बाट अनुमति पत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१)सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको बैंकले जनाए । साथै यस कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।