२०८१ बैशाख २२ , शनिवार

सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार?

gold1

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली बजारमा आज (बुधबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ।मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भइरहेको छ।