२०८१ बैशाख १७ , सोमवार

आजको मौसमः कोशी र मधेशमा पानी पर्‍यो, काठमाडौंमा पनि सम्भावना

weather2

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा भएको छ । अहिले देशभर बदली भएको छ ।  यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए । एक-दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ ।