२०८१ बैशाख १७ , सोमवार

गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीको जवाफमा कांग्रेसले बुझाएन चित्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेको बताएको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेबारे जवाफ दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नै नपर्ने प्रहरीको ब्रिफिङ रहेको बताएका छन्।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले उठाउँदै आएका प्रश्नमाथि मंगलबारको प्रतिनिधि सभा बैठकबाट जबाफ दिँदै प्रधानमन्त्री दाहालले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नता नरहेको स्पष्टीकरण दिएका हुन्।

तर प्रधानमन्त्रीको जवाफपछि नेपाली कांग्रेसले उठेर पुनः संसद अवरुद्ध गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेको र उनी समेत गुमराहमा परेको पाइएको बताए ।सम्माननीय प्रधानमन्त्रीजीलाई नै गलत सूचना दिँइदैछ, सम्माननीय प्रधानमन्त्री नै अध्यारोमा हुनुहुन्छ भने यो विषयको निष्पक्ष छानबिन होला?’