२०८१ बैशाख १५ , शनिवार

सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नाडा अटो सो २०२३ मार्फत नेपालमा दमदार रुपमा प्रवेश गरेको सेरेसले छोटो समयमा धेरै नेपालीको मन जित्न सफल भएको छ ।अब भने सेरेसका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेसका इभीहरुको उपलब्धता सहज बनाउन महत्वपूर्ण पाइला चाल्ने भएको छ ।

सेरेसले यसअघि नै नक्साल, पानीपोखरी, थाक्सीखेल ललितपुर र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थान तथा काठमाडौं बाहिर पोखरा, वुटवल, विराटनगर, विर्तामोड र नेपालगञ्जमा आफ्नो सञ्जाल विस्तार गरिसकेको कम्पनीले जनाए।

सेरेस इभीप्रति ग्राहकको पहुँच सहज बनाउन एमएडब्लु वृद्धिले निकट भविष्यमा नारायणघाट, धनगढी, विरगञ्ज र जनकपुरमा पनि सोरुम सुरु गर्ने योजना बनाएको कम्पनीले जनाएका छन। यसले नेपालभर परिचित र उपलब्ध इभी ब्रान्ड बन्ने सेरेसको महत्वकांक्षालाई उजागर गर्छ।