२०८१ बैशाख २९ , शनिवार

अध्यागमन विभागको महानिर्देशकमा निरौला,११ जिल्लाका सीडीओ फेरिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ।गृहले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो।

यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ ।

त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । सुर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ ।

रोल्पामा खिम बहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य र धनुषामा रामुराज कडरियालाई पदस्थापन गरिएको छ । खोटाङको प्रजिअमा शिव कुमार कार्कीलाई सरुवा गरिएको छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सरुवा गरिएको छ ।