२०८३ जेठ १० , आइतवार

उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता, दर्ताक्रम निर्धारण र चिन्ह वितरण सम्बन्धमा

Capture

सुनाखरी न्युज/ काठमाडौं।

संवत् २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा राजनीतिक दलको रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको

निवेदन दिने प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १५ मा भएको कानूनी व्यवस्था बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा देहाय बमोजिमका २० (बीस) वटा र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा देहाय

बमोजिमका १९ (उन्नाइस) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) को अनुसूची–१२ बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगको मिति २०८०/१२/४ को निर्णय बमोजिम दर्ता गरिएको छ । यसरी दर्ता भएका राजनीतिक दलहरुलाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरी निर्वाचन चिन्हको क्रम निर्धारण समेत गरिएको छ ।