२०८१ बैशाख १५ , शनिवार

महासंघको सातै प्रदेशमा साधारणसभा तथा अधिवेशन सम्पन्न, कुन प्रदेश सभापतिमा को ?

8.1

सुनाखरी न्युज/काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ अन्तर्गत सातै वटा प्रदेश महासंघको साधारणसभा तथा अधिवेशन २०८० चैत ३ गते एकै पटक सम्पन्न भएको छ । अधिवेशनवाट सातै प्रदेशमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।

सभापति

कोसी प्रदेशः रमेस रसाइली
मधेश प्रदेशः रामजी शाह
बागमती प्रदेशः ज्योति रत्न बज्राचार्य
गण्डकी प्रदेशः चन्द्रकिशोर गौतम
लुम्बिनी प्रदेशः ध्रुवकुमार गहतराज
कर्णाली प्रदेशः जनक सुनार
सुदुर पश्चि प्रदेशः सन्तोष लामिछाने

 

कोसी प्रदेशमा रमेस रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति

नेपाल सुनचाँदी ब्यवसायी महासंघ कोसी प्रदेसमा रमेस रसाइलीका नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । कोसी प्रदेश महासंघको २०८० चैत ३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनवाट रसाइलीको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

 

मधेस प्रदेश अध्यक्षमा साह निर्वाचित

नेपाल सुन चाँदी व्यवसायी महासङ्घ मधेस प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका छन् । २०८० चैत ३ गते जनकपुरमा सम्पन्न तेस्रो साधारण सभा तथा अधिवेशनवाट प्रदेश अध्यक्षमा साह निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा कृष्णदेव साह, भीम बहादुर विश्वकर्मा, सचिवमा अनिल कुमार साह र सहसचिवमा दीपेन्द्र ठाकुरलाई साधारण सभाले निर्वाचित गरेको छ । त्यसै गरी कोषाध्यक्षमा विजय कुमार सर्राफ, सहकोषाध्यक्षमा ध्रुव विश्वकर्मा, र सदस्यहरूमा जितेन्द्र गुप्ता, मनोज विश्वकर्मा, अनिल गुप्ता निर्वाचित भएको प्रदेश साहले जानकारी दिएका छन् ।

 

वागमति प्रदेशमा ज्योति रत्न बज्राचार्यको नृतृत्वमा नयाँ कार्य समिति

नेपाल सुन चाँदी व्यवसायी महासङ्घ वागमति प्रदेश अध्यक्षमा रत्न बज्राचार्यको सभापतित्वमा नयाँ कार्य समिति गठन भएको छ । वागमति प्रदेश महासंघको २०८० चैत ३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनवाट बज्राचार्यको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

 

गण्डकी प्रदेश सभापतिमा चन्द्र किशोर गौतम निर्वाचित

नेपाल सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन चन्द्र किशोर गौतमको सभापतित्वमा नयाँ कार्य समिति गठन भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार बिश्वकर्माको प्रमुख आतित्थ्यमा सम्पन्न भएको सो साधारणसभामा गण्डकी प्रदेशका नौ जिल्ला मध्य सर्बोत्कृष्ट लमजुङ सुनचाँदी ब्यवसायी संघलाई नगद पाँच हजार पाँच सय ५५ र सम्मान पत्र सहित संघका अध्यक्षलई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी पर्वत जिल्ला समन्वय प्रमुखमा बिष्णुराम बिश्वकर्मालाइ सम्मान गरिएको थियोे । त्यस क्रममा तनहुँ सुनचाँदी संघका अध्यक्ष बिनोद कुमार बिकले लेखेको पुस्तक सुनचाँदी ब्यबसायमा समस्या र चुनौति बिषयक पुस्तक बिमोचन गरिएको थियोे ।

 

लुम्बिनी प्रदेशमा ध्रुव गहतराजको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित

नेपाल सुनचाँदी ब्यवसायी महासंघको २०८० चैत ३ गते शनिबार सम्पन्न प्रदेश साधारण सभा तथा अधिवेशनमा लुम्विनी प्रदेशवाट ध्रुवकुमार गहतराज सभापतिमा निर्वाचित हुनभएको छ । उपसभापतिमा हरि सुनार र हिमांशु वैश्य, सचिवमा हरिकृष्ण विक, कोषाध्यक्षमा परिवर्तन विश्वकर्मा, सहसचिवमा परशुराम सुनार र सहकोषाध्यक्षमा अम्मर सुनार निर्वाचित हुनु भएको छ । निर्वाचित हुने सदस्यहरु क्रमशः लोकेन्द्र वली, दिनेश वर्मा, अर्जुन सुनार, रामु सुनार र टोपेन्द्र वराइली रहनुभएको छ ।

 

कर्णाली प्रदेशमा जनक सुनारको सभापतित्वमा नयाँ कार्य समिति

नेपाल सुनचाँदी ब्यवसायी महासंघ कर्णाली प्रदेसमा जनक सुनारको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । कर्णाली प्रदेश महासंघको २०८० चैत ३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनवाट सुनारको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

 

सुदुर पश्चि प्रदेशमा सन्तोष लामिछाने को सभापतित्वमा नयाँ कार्य समिति

नेपाल सुनचाँदी ब्यवसायी महासंघ सुदुर पश्चि प्रदेशमा सन्तोष लामिछानेको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । सुदुर पश्चि प्रदेश महासंघको २०८० चैत ३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनवाट लामिछानेको सभापतित्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।