२०८१ बैशाख २१ , शुक्रवार

रिलायबल भेन्चर क्यापिटलद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटल बीच लगानी सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं।

हालै आयोजित एक कार्यक्रममा बालुवाटार, काठमाण्डोै स्थित कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाण्डौ अवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामाहोटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।

फण्डको तर्पmबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाज्यूर अकामाहोटलको तर्पmबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठज्यूले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन्।

लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात्कायम रहने शेयर पूँजीको दश प्रतिशत रकम बराबरको शेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली,२०७५ अन्र्तगत नेपाल धितोपत्र बोर्डमा दर्ता भईसंस्थापन तथा सञ्चालन भएको कोष होजसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।